सञ्चार सचिव राउतको सरुवा
वित्त आयोगमा सचिव रहेका रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याइएको छ।
काठमाडौं, पुस २५ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सरुवा भएका छन्। राउतलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको हो।
वित्त आयोगमा सचिव रहेका रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याइएको छ।
सचिव राउतले अधिकृतका रुपमा टिप्पणी उठाएका कारण ललिता निवास अनियमितता प्रकरणमा समेत तानिएका थिए। सचिव राउतको कायैशैलीलाई लिएर मन्त्री रेखा शर्मा असन्तुष्ट रहेको जनाइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद वैठकको निर्णय अनुरुप दुई सचिवको सरुवा भएको हो।
प्रकाशित मिति: १३:४० बजे, बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












