पूर्वराज्यमन्त्री लामा बम्जनलाई भेट्न सिआईबी कार्यालय पुगिन्
बम्जनलाई भेट्न केहीबेर अघि उनी सिआईबी कार्यालयन पुगेकी हुन्। उनले बम्जनको बारेमा गलत प्रचार बताएकी छिन्।
काठमाडौं, पुस २५ : हत्या, यौनहिंसा र अनुयायीलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका कथित तपस्वी रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छन्।
बम्जनलाई भेट्न केहीबेर अघि उनी सिआईबी कार्यालयन पुगेकी हुन्। उनले बम्जनको बारेमा गलत प्रचार बताएकी छिन्।
पूर्वराज्यमन्त्री लामासँगै बम्जनलाई भेट्न ठूलो संख्यामा उनका अनुयायी सिआईबी कार्यालय आएका छन्।
बम्जनलाई मंगलबार सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनको घरबाट प्रहरीले विभिन्न १६ देशका मुद्रासहित साढे ३ लाख रुपैयाँ पनि बरामद गरेको थियो।
सिआईबीले केही बेरमा पत्रकार सम्मेलन गरेर बम्जनलाई सर्वाजनिक गर्दैछ।
प्रकाशित मिति: १२:१४ बजे, बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












