पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना, १२ जना घाइते
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
तनहुँ, पुस २५ : तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको छ।
यात्रु बोकेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५४ बजे, बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार