Kathmandu Press

मुस्ताङ विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन्।
मुस्ताङ विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा

काठमाडौं, पुस २५ : न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन्।

Hardik ivf

हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखको विचमा अवस्थित रहेको छ। करिव ३ हजार वर्षभन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बतबीचको व्यापारिख मुख्य नाका रहेको थियो।

1638405867_Mustang.jpg

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन्।

Mustang-Turist-news-1704160177.jpg

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाइन्छ ।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिका शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२औं स्थानमा छ।

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्