बम्जनको घरबाट तीन करोडभन्दा बढी रकम बरामद
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बम्जनलाई पक्राउ गरेपछि घर खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद भएको छ।
काठमाडौं, पुस २५ : हत्या र यौनहिंसाको अरोपमा मंगलबार कामठमाडौंबाट पक्राउ परेका कथित तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बम्जनलाई पक्राउ गरेपछि घर खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद भएको छ।
सीआईबीले आजै पत्रकार सम्मेलन गरेर बम्जनलाई सार्वजनिक गर्दैछ।
बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप लागेको छ। उनलाई प्रहरीले लामो सयमदेखि खोजिरहेको थियो ।
आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप पनि उनीविरुद्ध प्रहरीमा दर्ता भएको छ।
प्रकाशित मिति: ११:२७ बजे, बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार