रामबहादुर बम्जन पक्राउ
लामो समयदेखि फरार रहेका बम्जनलाई मंगलबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट पक्राउ गरेको हो।
काठमाडौं, पुस २४ : आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका बम्जनलाई मंगलबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट पक्राउ गरेको हो।
हत्या, वेपत्ता र यौन हिंसाको उजुरी परेपछि उनलाई सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
लामो समय बाराको हलखोरिया जंगलमा बसेका आफूलाई लिटिल बुद्ध बताउने बम्जन पछिल्लो समय सिन्धुलीमा आश्रम बनाएर बसेका थिए।
प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












