राष्ट्रिय सभाको उम्मेदवार छनोटमा रास्वपाको विमति
बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाटमा केन्द्रीत भएकाले पार्टीको बिमति रहेको बताए।
काठमाडौं, पुस २४ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ।
सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्म विपरित दलीय भागवण्डामा राष्ट्रियसभाको निर्वाचनमा दलहरुले उम्मेद्वार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो।
बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाटमा केन्द्रीत भएकाले पार्टीको बिमति रहेको बताए। राष्ट्रियसभालाई दलीय भागवण्डामा केन्द्रीत गर्दा लोकतन्त्र नै कमजोर हुने उनले उल्लेख गरे।
त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले जनाए।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












