कोशीका सभामुख विष्टले लिए शपथ
मंगलबार दिउँसो बसेको प्रदेश सभाबाट निर्विरोध सभामुख निर्वाचित भएका विष्टलाई मंगलबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपत खुवाएका हुन्।
मोरङ, पुस २४ : कोशी प्रदेशमा नवनियुक्त सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन्।
मंगलबार दिउँसो बसेको प्रदेश सभाबाट निर्विरोध सभामुख निर्वाचित भएका विष्टलाई मंगलबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपत खुवाएका हुन्।
शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक सांसद हुन्। उनी सत्तारुढ गठबन्धन र नेकपा एमालेको समर्थनमा सभामुख निर्विरोध सभामुख बनेका हुुन्।
प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार