प्रधानमन्त्रीले डाके गठवन्धन दलको बैठक
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन पूर्व तयारी छलफलका लागि बैठक डाकेको जनाइएको छ।
काठमाडौं, पुस २४ : राष्ट्रिय सभा निर्वाचनका बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनका दलहरुको बैठक डाकेका छन्। बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन पूर्व तयारी छलफलका लागि बैठक डाकेको जनाइएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ ।
प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












