टिआरसी विधेयकमा पीडित परिवारले बाधा नगर्ने
भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारकी वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति नजिकबाट अरू नेताहरूलाई बोध नहुने भन्दै द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने अपेक्षा व्यक्त गरिन्।-1704798404.jpeg)
काठमाडौं, पुस २४ : सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। मंगलबार भेटका क्रममा उनीहरुले संसदमा विचाराधीन टीआरसी विधेयकमा कुनै बाधा नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव भएसम्मका मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले द्वन्द्वका क्रममा राज्यपक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने स्पष्ट गरेका हुन्।
भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारकी वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति नजिकबाट अरू नेताहरूलाई बोध नहुने भन्दै द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने अपेक्षा व्यक्त गरिन्।
प्रधानमन्त्री दाहालले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पारे । टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने दाहालले बताएको उनको सचिवालयले जनाएको छ।












