Kathmandu Press

बूढानीलकण्ठ नगरपालिका सब इन्जिनियर र ठकेदारविरुद्ध घुस मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
बूढानीलकण्ठ नगरपालिका सब इन्जिनियर र ठकेदारविरुद्ध घुस मुद्दा

काठमाडौं, पुस २४ : बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर टिकाराज राईसहित दुई जनाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। सब ईन्जिनियर राई करारमा कार्यरत रहेको अख्तियारले जनाएको छ।

Hardik ivf

अख्तियारले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ।

राईले सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित अख्तियार टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। राई र ठेकेदार सुनुवारले मिलोमतोमा निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बममोजिमको कसुरमा ८० हजार रुपैयाँ बिगो कायम गर्दै कैद सजाय र जरिवाना असुल उपर गर्न अदालत समक्ष माग गरेको छ।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्