कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध
मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठकमा सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
मोरङ, पुस २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठकमा सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अरु कसैको उम्मेदवारी नपरेपछि उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन्।
विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए।
सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेपछि एमालेले पनि आफ्ना उम्मेदवार नउठाउने निर्णय गर्दै विष्टलाई नै समर्थन गरेको थियो।
प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












