एनसेलको सेयर खरिद–बिक्री छानबिन गर्न गठित समितिको म्याद सकियो
छानबिनको टुंगो नलागिसकेको भन्दै समितिका संयोजक र सदस्यको म्याद आगामी माघ १५ सम्म थप्न समितिले १५ माघसम्मको म्याद थप गर्न प्रस्ताव गरेको छ।
काठमाडौं, पुस २४ : एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन तथा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको म्याद मंगलबारदेखि सकिएको छ।
एक महिना अघि गत २४ मंसिरदेखि काम थालेको उक्त समितिको म्याद सकिए पनि छानविनको काम भने बाँकी नै छ। छानबिनको टुंगो नलागिसकेको भन्दै समितिका संयोजक र सदस्यको म्याद आगामी माघ १५ सम्म थप्न समितिले १५ माघसम्मको म्याद थप गर्न प्रस्ताव गरेको छ।
समितिले एनसेल सेयर खरिद–बिक्रीमा करको विषय, दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारलगायत बिषयमा अध्ययन गरिरहेको छ।
सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
सदस्यहरूमा नेपाल सरकारका तर्फबाट फणीन्द्र गौतम, अर्थ मन्त्रालयबाट रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले छन् । छानविन बाँकी रहेकै अवस्थामा म्याद सकिएपछि थप गर्न सरकारसँग माग गरिएको जनाइएको छ।












