Kathmandu Press

मुखमा टेप लगाएर माइतीघर पुगेका डा.केसी पक्राउ

निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो। केसीलाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ।
मुखमा टेप लगाएर माइतीघर पुगेका डा.केसी पक्राउ

काठमाडौं, पुस २४ : पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका डा.गोविन्द केसी माइतीघरबाट पक्राउ परेका छन्।

निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो। केसीलाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ।

Hardik ivf

यसअघि पनि केसीसहितका अभियन्ताहरु माइतीघरबाट पक्राउ परेका थिए।

उनले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार, न्याय र सुशासन, यसअघि आफुसँग भएका सम्झौताहरुको कार्यान्वयन जस्ता बिषय उठाउँदै आन्दोलन गरिरहेका छन्।

मुखमा टेप बाँधेर विरोधका लागि माइतीघर पुगेका बेला उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्