Kathmandu Press

श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने शुल्क नलिन प्रधानमन्त्रीको निर्देशन

उनले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमै कार्यान्वयनको व्यवस्था मिलाउन श्रममन्त्री र सचिवलगायतलाई निर्देशन दिएका हुन्।
श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने शुल्क नलिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले श्रममन्त्री शरदसिंह भण्डारी, श्रम सचिव र अन्य सरकारी कर्मचारीहरूसँग गरेको छलफलमा उक्त निर्देसन दिएका हुन्।

Hardik ivf

उनले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमै कार्यान्वयनको व्यवस्था मिलाउन श्रममन्त्री र सचिवलगायतलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले छलफलकाक्रममा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पनि बताएका थिए । श्रम मन्त्रालयको निर्णयले श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने भनाई प्रधानमन्त्रीको थियो।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्