१ अर्ब २१ करोड अनियमितता प्रकरणमा सहकारीका अध्यक्ष पक्राउ
पक्राउ पर्नेहरुमा उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठ छन्। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
काठमाडौं, पुस २४ : कान्तिभैरव बचत तथा ऋण सहकारीको एक अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा सञ्चालक समितिका पूर्व र वर्तमान अध्यक्षसहितका व्यक्ति पक्राउ परेका छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको उक्त सहकारीका सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठ छन्। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
करिव साढे ७ हजार बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको हो। उक्त प्रकरणमा थप व्यक्तिहरु पनि पक्राउ गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार