Kathmandu Press

‘ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔं’

ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रुपमा विकास गर्न आवश्यक भएको औंल्याउँदै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन खड्काले दिए।
‘ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔं’

काठमाडौं, पुस २४ : रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।

ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रुपमा विकास गर्न आवश्यक भएको औंल्याउँदै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन खड्काले दिए।

Hardik ivf

मंगलबार काठमाडौंमा नेपाल ज्योतिष परिषद्को रजत महोत्सव पारेर आयोजित कार्यक्रममा रक्षामन्त्री खड्काले ज्योतिष परिषद्को सफलताको कामना गर्दै ज्योतिष विद्यालाई चीना बनाउने र टिप्पणी गर्नेभन्दा माथि उठाउनुपर्नेमा जोड दिए।

उनले समाजमा ज्योतिष विद्याको महत्व उल्लेख्य रहेको बताउँदै हाल ज्योतिष विद्या जान्नेको नाममा गलत सन्देश फैलाउने र कमाईखाने पेशा बनाउने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्य गरी अझ वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक भएको धारणा राखे। त्यसका लागि उनले संवद्ध पक्षको ध्यानाकर्षण गराए।

‘ज्योतिष विद्यालाई यदाकता हचुवाको रुपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम मात्र बनाउने गरेको देखिएको छ। त्यसलाई निराकरण गरी यो विद्यालाई वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रुपमा विकास गर्न आवश्यक छ। यसतर्फ यो संस्था र सबै विज्ञहरुले विशेष ध्यानदिनुहुन अनुरोध छ,’ खड्काले भने।  

परिषद्ले ज्योतिष विद्याको माध्यमबाट नागरिकमा ज्योतिषिय सन्देश प्रवाह गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका खड्काले ज्योतिष विद्यालाई समय प्रविधि सुहाउँदो गरी विकास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्