Kathmandu Press

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

पछिल्लो समय चर्को आलोचना खेपिरहेका खनालले कार्यकाल सकिन ८ महिना बाँकी छँदै राजनीनामा दिएका हुन्।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं, पुस २४ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्।

खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन्। पछिल्लो समय चर्को आलोचना खेपिरहेका खनालले कार्यकाल सकिन ८ महिना बाँकी छँदै राजनीनामा दिएका हुन्।

Hardik ivf

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि खनालले राजीनामा दिएका हुन्।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीमा पनि खनालको चर्को आलोचना भएको थियो। विभिन्न प्रकरणमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ।

२०७६ साउनमा अध्यक्ष भएका खनालको कार्यलका आगामी साउनसम्म थियो।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्