कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख बन्दै
गठबन्धनको समर्थनमा उम्मेदवारी दिने निर्णय गरेका विष्टलााई एमालेले पनि समर्थन गर्ने निर्णय गरेको छ। यो अवस्थामा उनी सर्वसम्मत सभामुख बन्ने छन्।
मोरङ, पुस २४ : सभामुख चयनका लागि कोशी प्रदेश सभामा आज निर्वाचन हुँदैछन्। सभामुख चयनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्दैछ।
सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्टले उम्मेदवारी दिने तयारी गरेका छन्।
उनलाई सत्तारुढ गठबन्धन र एमालेले दुवैको समर्थन गर्न भएका छन्। त्यसैले उनी सभामुख बन्ने निश्चत छ।
गठबन्धनको समर्थनमा उम्मेदवारी दिने निर्णय गरेका विष्टलााई एमालेले पनि समर्थन गर्ने निर्णय गरेको छ। यो अवस्थामा उनी सर्वसम्मत सभामुख बन्ने छन्।
प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार