Kathmandu Press

अर्थमन्त्री डा.महत भारत प्रस्थान

पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा सहभागी हुने उनी भारत गएका हुन्।
अर्थमन्त्री डा.महत भारत प्रस्थान

काठमाडौं, पुस २४ : अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन्। उनी मंगलबार बिहान ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन्।

पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा सहभागी हुने उनी भारत गएका हुन्।

Hardik ivf

डा.महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरुसँग भेट गर्ने कार्यक्रम छ। उनी शुक्रबार नेपाल फर्कने छन्।

१०औं संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। सन् २००३ देखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो।

यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो।

समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा.महतको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्