Kathmandu Press

महोत्तरीमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटनामा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको प्ररहीले जनाएको छ।
महोत्तरीमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

महोत्तरी, पुस २४ : महोत्तरीको औरहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बर्दिबास–औरही सडक खण्डमा सोमबार राति प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किँदा अन्य २ जना घाइते भएका छन्।

Hardik ivf

दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको प्ररहीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याइए पनि अस्पताल पुग्दा उनीहरुको मृत्यु भइसकेको बताइएको छ।

दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । 

प्रकाशित मिति: ११:४३ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्