कोशीमा सभामुख चयनका लागि आज निर्वाचन
आजै बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। सभामुख चयनका लागि दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।
मोरङ, पुस २४ : कोशी प्रदेश सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ।
आजै बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। सभामुख चयनका लागि दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।
तत्कालिन सभामुख बाबुराम गौतमले सरकार गठनमा सहभागी हुने गत साउन १६ गते राजीनामा दिएपछि कोशी प्रदेशसभा सभामुख बिहीन छ।
सभामुखको टुंगो लगाउने विषयमा छलफल गर्न दलहरुको बैठक पनि बसिरहेको छ।
सभामुख चयनका लागि केही बेरमा कर्यासूची प्रकाशन गरिने बताइएको छ।
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार