प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काठमाडौं महानगरले नै लगायो ताल्चा
यो प्रकरणमा छानविन नसकिउन्जेल अधिकारीलाई विदामा बस्ने बालेनले निर्देशन दिएका थिए। तर, अधिकारी सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताल्चा लगाएको हो।
काठमाडौं, पुस २३ : काठमाडौं महानगरपालिकाले आफ्ना प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमै ताल्चा लगाएको छ।
मेयर बालेन साहले विदामा बस्ने दिएको निर्देशन पालना नगरेपछि महानगरले उनको कार्यकक्षमा ताला लगाएको हो।
बालेनले कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गर्दै अधिकारीलाई बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए।
यो प्रकरणमा छानविन नसकिउन्जेल अधिकारीलाई विदामा बस्ने बालेनले निर्देशन दिएका थिए। तर, अधिकारी सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताल्चा लगाएको हो।
कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो। तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका हुन्।