Kathmandu Press

नेपालमा ७ जनामा पुष्टि भयाे कोभिड–१९ को जेएन–१ भेरियन्ट संक्रमण

स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन–१ को संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले ७ वटा नमुनामा जेएन–१ पुष्टि भएको जनाएको छ।
नेपालमा ७ जनामा पुष्टि भयाे कोभिड–१९ को जेएन–१ भेरियन्ट संक्रमण

काठमाडौं, पुस २३ : पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को सब(भेरियन्ट जेएन–१ नेपालमा पनि देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन–१ को संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले ७ वटा नमुनामा जेएन–१ पुष्टि भएको जनाएको छ।

Hardik ivf

देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

मन्त्रायलले कोभिड–१९ को सब–भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ।

 त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन।१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्