Kathmandu Press

नेतामुखी विकास रोकेर प्रदेशमुखी बनौं : मुख्यमन्त्री कार्की

संघीय सरकारमा समपूरक र विशेष अनुदानका लागि कोशी प्रदेशले कस्ता योजना प्रस्ताव गर्ने भन्ने विषयमा गरिएको छलफलमा बोल्दै सोमबार मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन्।
नेतामुखी विकास रोकेर प्रदेशमुखी बनौं : मुख्यमन्त्री कार्की

मोरङ, पुस २३ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास रोक्न र प्रदेशमुखी विकासका लागि योजना बनाउन निर्देशन दिएका छन्।

संघीय सरकारमा समपूरक र विशेष अनुदानका लागि कोशी प्रदेशले कस्ता योजना प्रस्ताव गर्ने भन्ने विषयमा गरिएको छलफलमा बोल्दै सोमबार मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन्।

Hardik ivf

उनले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने योजना ल्याउन निर्देशन दिए।

‘उद्योग मन्त्रालयमा उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि आएको बजेट जिल्लामा छरेर उद्यम विकास हुन्छ?’ उनले भने, ‘निरिहता नदेखाऔं, सिर्जनात्मक बनौं । युवाहरूमा आशा जगाउन सिर्जनात्मक बन्ने कि नबन्ने? यो प्रदेशवासीको प्रश्न हो।’

मुख्यमन्त्री कार्कीले योजना नै छान्ने हो भने योजना आयोगबाट छान्ने कि नछान्ने, कि नेताको खल्तीबाट निकालेको योजनामा रमाएर बस्ने भन्दै मन्त्रालयका सचिवहरूलाई प्रश्न गरेका थिए। अहिले योजना बैंक निर्माण गर्न लागि परेको र अब योजना बैंकको योजनामा मात्रै प्राथमिकता क्रममा बजेट विनियोजन हुने उनको भनाइ थियो ।

‘प्रदेशवासी उद्योगी र धनी भएपछि मात्रै प्रदेश आत्मनिर्भर हुन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसैले उद्योगीलाई आकर्षित गर्ने र प्रविधि हस्तान्तरण गर्ने बजेटलाई उपयोग गरौं।’

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्