Kathmandu Press

उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशलाई शपथ

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।
उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौं, पुस २३ : उच्च अदालतमा नवनियुक्त न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले ग्रहण गराएका हुन्।

उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

Hardik ivf

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसक्नुभएको छ भने न्याय सेवा र सरकारी वकिलबाट चारजना अधिकृत न्यायाधीशमा नियुक्त भएका छन्।

साथै नौजना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका छन्।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्