नेपाल एयरलाइन्सको जहाजमा समस्या, बैंकक जाने यात्रु अलपत्र
जहाजमा समस्या भएपछि दुईपटक उड्ने प्रयास गर्दा जहाज उड्न सकेन। जहाज उड्न नसकेपछि १५२ यात्रुलाई ओरालेर टर्मिल भवन फर्काइएको निगमका प्रवक्ता सुवसा झाले जानकारी दिए।
काठमाडौं, पुस २२ : काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल एयरलायन्सको न्यारोबडी जहाजमा समस्या देखिएको छ।
जहाजमा समस्या भएपछि दुईपटक उड्ने प्रयास गर्दा जहाज उड्न सकेन। जहाज उड्न नसकेपछि १५२ यात्रुलाई ओरालेर टर्मिल भवन फर्काइएको निगमका प्रवक्ता सुवसा झाले जानकारी दिए।
‘पहिलोपटक साढे दुई बजे उड्नकालागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने, ‘दोस्रोपटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ्ग वे नम्बर ६ मा राखिएको छ।’
निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै सक्ने छैनन। जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको बताइएको छ।
उडानमा संलग्न एक कर्मचारीले निगमको विमानस्थलमा रहेको कार्यालयमा स्पेयर्स पार्टस भेटिए तीन घन्टा मर्मत गर्न लाग्ने तर चालकदलको उडान समयअवधिका कारण बैंककबाट जाने र फर्किने उडान प्रभावित हुने बताइएको छ।












