Kathmandu Press

नापी निरीक्षक मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक मरासिनीसहित सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र जग्गाधनी मानप्रसाद श्रेष्ठलाई मुद्दामा प्रतिबादी बनाइएको छ।
नापी निरीक्षक मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Hardik ivf

काठमाडौं, पुस २३ : रुपन्देहीको बुटवलस्थित नापी कार्यालयका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
 
सरकारी कागजात सच्याई गैरकानुनी लाभ लिई भ्रष्टाचार गरेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ।

नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक मरासिनीसहित सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र जग्गाधनी मानप्रसाद श्रेष्ठलाई मुद्दामा प्रतिबादी बनाइएको छ।

बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले बुटवल उपमहानगरपालिका–१३ को सार्वजनिक जग्गा अन्य जग्गाधनीहरूसँग मिलेमतो गरी भ्रष्टाचार भएको भन्ने एक उजुरीका आधारमा भएको छानविनपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्