Kathmandu Press

क्याम्पमा विद्यार्थी नपठाउन मेडिकल कलेजलाई निर्देशन

काठमाडौं मेडिकल कलेजमा भएको समस्या समाधान गर्नको लागि चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको जानकारी दिए। उक्त कार्यदलले मापदण्ड तयार नगरेसम्म विद्यार्थीहरुलाई फिल्ड पठाउने कार्य स्थगित गर्ने निर्देशन दिइएको उनले बताए।
क्याम्पमा विद्यार्थी नपठाउन मेडिकल कलेजलाई निर्देशन

काठमाडौं, पुस २२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले मापदण्ड तयार नभएसम्म सम्बद्ध क्षेत्रका विद्यार्थीलाई क्याम्पमा पठाउने काम स्थगित गर्न निर्देशन दिइएको बताएका छन्।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा उनले काठमाडौं मेडिकल कलेजमा भएको समस्या समाधान गर्नको लागि चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको जानकारी दिए। उक्त कार्यदलले मापदण्ड तयार नगरेसम्म विद्यार्थीहरुलाई फिल्ड पठाउने कार्य स्थगित गर्ने निर्देशन दिइएको उनले बताए।

Hardik ivf

‘आवासीय चिकित्सकहरुलाई कलेजले आवश्यकभन्दा बढी बाहिर काम लगाउने, फिल्ड भिजिटमा लाने, काम गराउने गरेको विषयको सन्दर्भमा नीतिगत मापदण्ड तयार गर्नको लागि चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको छ,’ उनले भने, ‘त्यसले एउटा नीतिगत मार्गदर्शन तयार गर्छ, त्यो तयार भइसकेपछि मात्रै त्यसपछि फिल्डमा पठाउने, कति दिन पठाउने, वर्षको कति दिन क्याम्प गराउने सबै कुराहरु त्यसमा आउँछ।’

कलेजले निलम्बन गरेका विद्यार्थी डा.विशद दाहालको निलम्बन फिर्ता गरेर पठनपाठन सुरु गर्नका लागि पनि आग्रह गरेको जानकारी उनले समितिलाई गराए।

‘काठमाडौं मेडिकल कलेजले निलम्बन गरेका विद्यार्थी डा.विशद दाहालको निलम्बन फिर्ता गरेर पठनपाठन सुरु गर्नको लागि हामीले आग्रह गर्ने धारणा बनायौं र त्यहीअनुसार डिनको कार्यालयले कलेजलाई पत्र दिएको छ, त्यही पत्रलाई कार्यान्वयन गर्नु भन्न चाहन्छु,’ उनले भने।
 
सहमतिमा कलेज सञ्चालन गर्नको लागि काठमाडौं मेडिकल कलेज विद्यार्थीसँग छलफल गरेको उनले बताए। विद्यार्थी पक्षले मान्ने हो भने सहमतिमा कलेज नियमित गराउन छलफल भइरहेको पनि उनको भनाइ छ।

बैठकमा समिति सभापति भानुभक्त जोशीले मंगलबारसम्म पनि सकारात्मक कुरा नआए समितिमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी अथवा काठमाडौं मेडिकल कलेजका पदाधिकारीहरुलाई बोलाएर फेरि छलफल गर्ने बताए। 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्