Kathmandu Press

वन अधिकृत कोइरालाविरुद्ध एक करोड २५ लाखको भ्रष्टाचार मुद्दा

कोइरालाले स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरणबाट भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
वन अधिकृत कोइरालाविरुद्ध एक करोड २५ लाखको भ्रष्टाचार मुद्दा
Hardik ivf

काठमाडौं, पुस २३ : जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध एक करोड २५ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा मुद्दा दायर भएको छ।
 
कोइरालाले जागिरे अवधिमा जोडेको एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ अवैध रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। कोइरालाले स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरणबाट भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
 
वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएको छ। आयभन्दा बढी रकमको स्रोत नखुलेको ठहर अख्तियारको छ।

कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइराला समेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैङ्क खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचार निवारण ऐनज, २०५९ अनुरुप श्रोत नखुलेको सम्पत्ति बिगो जफत र कैद सजाय गर्न मागदावी लिएको छ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्