Kathmandu Press

नेपालमाथि लागेको हवाई प्रतिबन्ध खुला गरिदिन आग्रह

‘नेपाली ध्वजाबाहक बिमान अहिले युरोपयिन आकाशमा उड्न पाएको छैन् । त्यसकारण मंैले उहाँलाई विशेषगरी नेपाली ध्वजाबाहक बिमान युरोपयिन आकाशमा उड्न पाउने गरी खुल्ला गर्न भूमिका खेलिदिनुपर्यो भनेर आग्रह गरेँ,’ उनले भने।
नेपालमाथि लागेको हवाई प्रतिबन्ध खुला गरिदिन आग्रह

काठमाडौं, पुस २२ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरे।

Hardik ivf

उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली बिमान माथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन  सकारात्मक पहल गर्ने र त्यसको परिणाम आउने कुरामा विश्वस्त रहेको बताए।

उनले आयरल्यान्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको बिकास र समृद्धिमा लगाउन सकिने विश्वास पनि ब्यक्त गरे।

‘भेटवार्तामा द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यासको बारेमा छलफल भयो । एकआपसमा संसदीय अनुभवहरुको आदानप्रदान र सहकार्य गर्नेबारे कुरा भयो,’ भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले भने। उनले भेटवार्तामा  नेपाली ध्वजाबाहक विमान अहिले युरोपियन आकाशमा उड्न नपाएको भन्दै त्यसलाई खुल्ला गर्न आग्रह गरेको पनि जानकारी दिए।

‘नेपाली ध्वजाबाहक बिमान अहिले युरोपयिन आकाशमा उड्न पाएको छैन् । त्यसकारण मंैले उहाँलाई विशेषगरी नेपाली ध्वजाबाहक बिमान युरोपयिन आकाशमा उड्न पाउने गरी खुल्ला गर्न भूमिका खेलिदिनुपर्यो भनेर आग्रह गरेँ,’ उनले भने।

भेटवार्ताका क्रममा अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद र छलफल अगाडी बढाउने विश्वास दिलाए। बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्