Kathmandu Press

अनेसास सिकागो च्याम्पटर अध्यक्षमा भीम राई

हालै सम्पन्न तेस्रो साधारण सभाले गीतकार भीमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अनेसास सिकागो च्याम्पटर अध्यक्षमा भीम राई

काठमाडौं, पुस २२ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिकागो च्याप्टरको अध्यक्षमा भीम राई ‘प्रदेशी’ निर्वाचित भएका छन्।

हालै सम्पन्न तेस्रो साधारण सभाले गीतकार भीमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले सन् २०१७ मा स्थापना भएको अनेसासले नेपाली भाषा र साहित्यिक उत्थानका लगि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तेस्रो साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण न्यौपाने, उपाध्यक्षमा गोपाल जिसी, सचिवमा तुलसी मैनाली चयन हुँदा कोषाध्यक्ष मीनादेवी पाण्डे चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा सारदा गौतम, निरज श्रेष्ठ, यादव न्यौपाने, भोजराज पाठक, समुद्र वास्कोटा, कृष्ण उप्रेती, दुर्गा घिमिरे, मञ्जु ढुंगाना र चन्द्रा न्यौपाने रहेका छन् ।

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्