Kathmandu Press

उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न, अन्तिम नामावली प्रकाशन २७ गते

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ।
उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न, अन्तिम नामावली प्रकाशन २७ गते

काठमाडाैं, पुस २३ : राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ।

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो। निर्वाचनका लागि गठबन्धन दलहरु, नेकपा एमाले लगाएतका अन्य दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।

Hardik ivf

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। जसअनुसार प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ। उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ।

निर्वाचन अन्तर्गत उम्मेदवारीउपर पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने कार्यतालिका रहेको छ। निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ।

 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्