Kathmandu Press

ऐनले दक्ष जनशक्ति उत्पादनलाई अल्मल्यायो : मन्त्री बस्नेत

सोमबार काठमाडौंमा राष्ट्रिय योग दिवसको अवसरमा आयोजित सप्ताहव्यापी आयूर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले २०५४ सालदेखि रोकिएको दरबन्दी बढाउन अहिले ठूलै कसरत गरिरहेको भन्दै यही बर्षबाट दरबन्दी बढाउन सफल हुने बताएका हुन्। 
ऐनले दक्ष जनशक्ति उत्पादनलाई अल्मल्यायो : मन्त्री बस्नेत

काठमाडौं, पुस २३ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा क्षेत्रमा यही बर्षबाट नयाँ दरबन्दी बढाउने बताएका छन्। दरबन्दी बढाउन चिकित्सा शिक्षा ऐनका कतिपय प्रावधान बाधक भएको उनको बुझाइ छ। 

सोमबार काठमाडौंमा राष्ट्रिय योग दिवसको अवसरमा आयोजित सप्ताहव्यापी आयूर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले २०५४ सालदेखि रोकिएको दरबन्दी बढाउन अहिले ठूलै कसरत गरिरहेको भन्दै यही बर्षबाट दरबन्दी बढाउन सफल हुने बताएका हुन्। 

Hardik ivf

उनल भने,‘५४ सालदेखि दरबन्दी बढाइएको छैन्। नयाँ दरबन्दी बढाउने हिसाबले अहिले हामीले ठूलै कसरत गरेको छौं। यहि सालबाट दरबन्दी बढाउने कुरामा हामी सफल हुन्छौं।’ 

उनले देशमा नयाँ उत्पादनका लागि दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरे। नेपालको चिकित्सा शिक्षा ऐनले दक्ष जनशक्तिको उत्पादनलाई अल्मल्याएको उनको भनाई थियो। 

उनले भने,‘जुन ढङ्गले नयाँ उत्पादन हुनुपर्ने हो त्यो भएको छैन्। यसका लागि हाम्रो दक्ष जनशक्ति यहाँ उत्पादन हुन जरुरी छ। तर नेपालको चिकित्सा शिक्षा ऐनले यसलाई अलमल्याएको छ। कोही बोल्दैनन् लाखौंको सङख्यामा भौतारिएर विदेश गएको छन्। पढेकाले यहाँ रोजगारी पाएको छैन्।’

उनले आयूर्वेद चिकित्सा क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसक्दा विकास हुन नसकेको धारणा राखे।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्