Kathmandu Press

भाषाकै आधारमा कोही उत्पीडनमा पर्न हुँदैन : मन्त्री शर्मा

भाषाकै आधारमा कोही उत्पीडनमा पर्न हुँदैन : मन्त्री शर्मा

काठमाडौं, पुस २३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भाषाकै आधारमा कोही उत्पीडनमा पर्न नपर्ने बताएकी छन्।
उनले संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताइन्। 

राष्ट्रिय समाचार समितिको राष्ट्रिय (मातृभाषा)को समाचार सेवा शुभारम्भ गर्दै उनले नेपाललाई बहुभाषिक मुलुकको रुपमा स्थापित गर्ने भन्दै मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

Hardik ivf

उनले भनिन्, ‘हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौ, नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्।’

उनले नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको भन्दै भाषाकै आधारमा कोही उत्पीडनमा पर्न नपर्ने बताइन्। 

उनले राससले मातृभाषामा सामग्री उत्पादन गर्दा अब राज्यद्वारा सञ्चालित मिडियासँगै नीजि क्षेत्रमा सञ्चालन भएका मिडियालाई राज्यको आधिकारिक तथा विश्वसनीय समाचार संप्रेषण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेकी छिन्। 

नेपालमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बन्धित भाषामा आवश्यक सामग्री प्राप्त गर्न नसक्दा समस्या भोगिरहेको उल्लेख गर्दै उनले राससले सम्बन्धित भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा भाषाभाषीका सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सकिने बताईन्।

राससका अध्यक्ष धर्मेन्द्र झाले राससले मातृभाषामा समाचार सेवा सुरु गरेको जानकारी दिंदै संघीयता र समावेशिताको मर्मलाई आत्मसात गरेको उल्लेख गरे।  समाचारको प्रारम्भ अवधि भाषाबाट गरिएको पनि उनले जनाए।
 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्