Kathmandu Press

राष्ट्रिय सभा : यसरी हुँदैछ चुनावी भिडन्त

राष्ट्रिय सभामा १९ सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ। सत्तारूढ गठबन्धनले सहमतीका आधारमा उम्मेदवारमा भागबन्डा गरेका छन्।
राष्ट्रिय सभा : यसरी हुँदैछ चुनावी भिडन्त

काठमाडौं, पुस २३ : राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यतिबेला सातै प्रदेशमा मनोनयन चलिरहेको छ। 

राष्ट्रिय सभामा १९ सदस्यका लागि प्रतिश्पर्धा हुँदैछ। सत्तारूढ गठबन्धनले सहमतीका आधारमा उम्मेदवारमा भागबन्डा गरेका छन्। कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २ र जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ। प्रतिपक्षी एमालेले भने एक्लै १९ जना उम्मेदवारलाई प्रतिश्पर्धामा उतारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एक्लै प्रतिश्पर्धा गर्दै छ। 

Hardik ivf

कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मधेसको अन्य कोटाबाट आनन्द प्रसाद ढुंगानालाई उम्मेदवार तय गरेको छ। बागमतीबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेतले अवसर पाएका छन्। यस्तै, कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भट्ट र अन्यमा बलदेव बोहरा उम्मेदवार बनेका छन्। 

गण्डकीमा अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठ उम्मेदवार बनेका छन्। लुम्बिनीमा विष्णुदेवी सापकोटा महिलातर्फ उम्मेदवार छन्। यता, एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला, अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई प्रतिश्पर्धामा उतारेको छ। मधेस प्रदेशमा महिलाबाट पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका डा.अर्जुनकुमार सिंह राजपुत उम्मेदवार भएका छन्। बागमतीमा महिलाबाट दोलखाकी रोचकुमारी चौलागाईं र अन्यबाट चितवनकी त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसंख्यकबाट काठमाडौंका विवेक देवकोटा र दलितबाट धादिङका ध्रुवराज विश्वकर्मा छन्। 

यस्तै गण्डकीमा महिलाबाट गोरखाकी सम्झना देवकोटा, अन्यबाट स्याङजाका चक्रबहादुर पराजुली र अपाङ्गता–अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन उम्मेदवार भएका छन्। लुम्बिनीमा महिलाबाट दाङकी तुलसाकुमारी केसी, अन्यबाट पाल्पाकी झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको छ। कर्णालीमा महिलाबाट हुम्लाकी विमलाकुमारी शाही र  अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलितबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्। सुदूरपश्चिममा महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता–अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको छ।

यता, माओवादी केन्द्रबाट राष्ट्रिय सभाका लागि कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल, बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। 

यस्तै, लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ। प्रस्तावक र समर्थक अभावमा मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारी नदिने भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रियसभा निर्वाचनका लागि दुईजना उम्मेदवारको निधो गरेको छ। जसमध्ये बागमती प्रदेशको दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार तय गरेको छ। 

यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ। उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन्। 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्