एमालेबाट उम्मेदवारी दिन पुगे पनि मतदाता नामावलीमा नाम नभेटिएपछि फिर्ता
एमालेले मधेस प्रदेशमा उनलाई अन्य समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनको स्थानमा अन्य समूहबाटै विजेता झाले उम्मेदवारी दर्ता गराउने तयारी भइरहेकाे एमालेका एक नेताले बताए।
काठमाडौं, पुस २३ : मधेस प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुनसिंह राजपुत मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवारी दर्ता नगरी फर्किएका छन्। उनी एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए।
एमालेले मधेस प्रदेशमा उनलाई अन्य समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनको स्थानमा अन्य समूहबाटै विजेता झाले उम्मेदवारी दर्ता गराउने तयारी भइरहेकाे एमालेका एक नेताले बताए।
मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ। माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरउने दिन हाे।
प्रकाशित मिति: १४:१९ बजे, सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार