Kathmandu Press

नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन्।
नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
Hardik ivf

काठमाडाैं, पुस २३ : उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन्। शपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो।

पुस १८ गते बसेको न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो। जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानून व्यवसायीबाट नौ जना चयन भएका छन्। 

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्