Kathmandu Press

अवसर दिने बेला कांग्रेसले मधेस बिर्सिन्छ : नेता पोखरेल

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला कांग्रेसले फेरि एकपट मधेसलाई बिर्सिएको आरोप लगाए। 
अवसर दिने बेला कांग्रेसले मधेस बिर्सिन्छ : नेता पोखरेल

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले कांग्रेसले अवसरको बाँडफाँट गर्ने बेला मधेशलाई भुल्ने गरेको आरोप लगाएका छन्। उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला कांग्रेसले फेरि एकपट मधेसलाई बिर्सिएको आरोप लगाए। 

आइतबार राति कांग्रेसले टुंग्याएका उम्मेदवारहरूको चयनमा मधेसका सन्दर्भमा असन्तुष्टि पोख्दै नेता पोखरेलले मधेस प्रदेशबाट प्रतिनिधित्व गराउँदा समेत मधेशी समुदायलाई पाखा लगाएको आरोप लगाए। मधेस पार्टीको आधारभूमि भएको भन्ने गरेपनि पार्टीले मधेशी समुदायमाथि भने अन्याय गरेको उनको भनाइ छ। 

Hardik ivf

‘नेपाली कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा मधेस बिर्सियो, यसभन्दा अगाडि मन्त्री बनाउँदा पनि मधेस बिर्सिएको थियोे, खुल्ला मधेसको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायकालाई निर्विरोध बनाए,’ नेता पोखरेलले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेका छन्, ‘अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?’

कांग्रेसले मधेसबाट अन्यतर्फ आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि रमेश रिजाललाई मन्त्री बनाएको थियो। 
 

प्रकाशित मिति: ११:३० बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्