राष्ट्रियसभा निर्वाचनमा नेकपा एसका टुंगाे लगायाे दुई उम्मेदवार
बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।-1704691913.jpg)
काठमाडौँ, पुस २३ : नेकपा एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो।
प्रकाशित मिति: ११:१६ बजे, सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












