कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता
कोशी प्रदेशको राजधानी विराटनगर पुगेर उनले मनोनयन दर्ता गरेका हुन्।
विराटनगर, पुस २३ : राष्ट्रिय सभा निर्रवाचनका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन्।
कोशी प्रदेशको राजधानी विराटनगर पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।
सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबन्डा गरेको थियो।
गत प्रतिनिधि सभा चुनावमा राप्रपाका अध्यक्षा राजेन्द्र लिङदेनसँग पराजित भएपिछ सिटौलाकाे संसद् यात्रा राेकिएकाे थियाे।
प्रकाशित मिति: ११:०३ बजे, सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












