Kathmandu Press

कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार (सूचीसहित) 

यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।
कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार (सूचीसहित) 

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। जस अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

Hardik ivf

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।  १० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ । 

गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् । 

CWC-CEC-Meeting,-2080.09.22-1704679149.jpg


 

प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्