Kathmandu Press

जसपाले पूजा चौधरीले राष्ट्रिय सभाको उम्मेदवार बनाउने

१९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट १ सिट पाएको जसपाले त्यसमा पूजा चौधरीलाई उम्मेदावर बनाउने निर्णय गरेको छ।
जसपाले पूजा चौधरीले राष्ट्रिय सभाको उम्मेदवार बनाउने

काठमाडौं, पुस २२ : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।

१९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट १ सिट पाएको जसपाले त्यसमा पूजा चौधरीलाई उम्मेदावर बनाउने निर्णय गरेको छ।

Hardik ivf

आइतबार कार्यकारिणी समितिको बैठकले पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी गत निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन्।

पूजा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन्।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्