टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश
जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं, पुस २२ : काठमाडौँ जिल्ला अदालतले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश जारी गरेको छ।
जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको जनाएको छ।
भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए।
प्रकाशित मिति: १८:११ बजे, आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












