कांग्रेसमा शेखर–गगन समूहले माग्यो चार सिट
शेखर–गगन समूहको आइतबार भएको भेलाले सत्ता गठबन्धनको भागबण्डामा पार्टीले पाउने १० सिटमध्ये ४ सिटमा आफनो दाबी गरेको हो।
काठमाडौं, पुस २२ : नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षबाट चार जना उम्मेदवार हुनुपर्ने माग गरेको छ।
शेखर–गगन समूहको आइतबार भएको भेलाले सत्ता गठबन्धनको भागबण्डामा पार्टीले पाउने १० सिटमध्ये ४ सिटमा आफनो दाबी गरेको हो। शेखर–गगन समूहको उक्त निर्णयलाई कांग्रेसको कार्यसंपादन वैठकमा जोडदार रुपमा राख्ने भनिएको छ।
केन्द्रीय समिति वैठकले यसअघि भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलनमा ध्यान दिने, पार्टीमा योगदान दिने, संसदीय क्षेत्रमा योगदान दिने र अहिलेसम्म मौका नपाएकाहरुलाई प्राथमिकता दिने मापदण्ड बनाएको थियो।
प्रकाशित मिति: १७:३४ बजे, आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












