विद्यार्थीहरुको पठन संस्कृति र गुणस्तरमा एकरुपता कायम गर्न विभिन्न सुझाव
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलका क्रममा प्याव्सन, एन प्याव्सन र हिसानले बुँदागत रुपमा सुझावहरु दिएको हो।
काठमाडाैं, पुस २२ : निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षाको स्तर बढाउन र विद्यार्थीहरुको पठन संस्कृति र गुणस्तरमा एकरुपता कायम गर्न विभिन्न सुझावहरु दिएको छन्।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलका क्रममा प्याव्सन, एन प्याव्सन र हिसानले बुँदागत रुपमा सुझावहरु दिएको हो।
उनीहरुले सामूदायिक विद्यालयको गुणस्तरबृद्धिसंगै नीजि शिक्षालाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन्। शैक्षिक गुठीका रुपमा मात्र निजी लगानीका विद्यालय स्थापना गर्नुपर्ने बिषयलाई संशोधन गर्नुपर्ने उनीहरुको सुझाव छ।
प्याव्सनका अध्यक्ष डिके ढुङ्गानाले सामूदायीक विद्यालयका विद्यार्थीहरुलाई स्वदेशमा बस्न उत्प्रेरित गर्न कानूनमै आवश्यक व्यवस्था गर्नुपर्ने बताए। उहाले नेपालबाट बर्षेनी सवा लाख बिद्यार्थी पढ्न बाहिर जाने गरेको अवस्थामा बाहिरबाट पनि विद्यार्थी ल्याएर स्वदेशमा पठनपाठन गराउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने जिकिर गरे।
त्यस्तै एनप्याव्सनका अध्यक्ष पाण्डव हमालले विधेयकले व्यवस्थापनलाई भन्दा पढाईलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उहाले खरवौ लगानी गरेको नीजि शिक्षालयलाई राज्यका तर्फबाट पेल्ने काम गर्न नहुनेमा जोड दिए।
समितिले धार्मिक विद्यालयहरु गुरुकुल, मदरसा, गुम्बा, किराँतलगायतका र विशेष शिक्षा सरोकार समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार छलफल गर्ने जनाएको छ।












