गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समावादीले राष्ट्रिय सभामा दुई पदमा उम्मेदवारी दिने
पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडौं, पुस २२ : नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा दुइ पदमा उम्मेदवारी दिने भएको छ।
पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले सिट संख्याका बारेमा पार्टीमा असन्तुष्टि कायम गरेको र त्यसले आगामी दिनमा केही न केही असर देखाउने बताए।
त्यस्तै बैठकले उम्मेद्वारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले जानकारी दिए।
प्रकाशित मिति: १६:४० बजे, आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार