Kathmandu Press

राष्ट्रिय सभाका लागि अन्तिम मतदाता नामावली सार्वजनिक 

स्वीकृत नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य पाँच सय ४९ जना, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ जना छन्।
राष्ट्रिय सभाका लागि अन्तिम मतदाता नामावली सार्वजनिक 

काठमाडौं, पुस २२ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ। 

स्वीकृत नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य पाँच सय ४९ जना, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ जना छन्।

Hardik ivf

प्रदेश सभा सदस्यतर्फको कूल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ पाँच सय ४९ जना कायम गरिएको हो। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार पाँच सय ५९ छ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ। प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ।
 
प्रकाशित मिति: १६:३६ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्