Kathmandu Press

भारतीय दूतावासको २० करोड लगानी षड्यन्त्रपूर्ण योजना हो : पोखरेल

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पुर्‍याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका हुन्। 
भारतीय दूतावासको २० करोड लगानी षड्यन्त्रपूर्ण योजना हो : पोखरेल

काठमाडौं, पुस २२ : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पुर्‍याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका हुन्। 

Hardik ivf

‘कुनैबेला दूताबासले तीन करोड वितरण गर्दथ्यो। पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो।अहिले २० करोड पुर्याइएको छ।यो हाम्रो राष्ट्रको बजेट अन्तरर्गत होईन। कुनै पनि मूलुकको दुतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ,’ उनले भने,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ।असहमति प्रकट गर्दछ। सम्झौता राष्ट्रिय हित विपरीत हो।राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा र्हास आउने कुरा हो।’ 

फरक प्रसंग उल्लेख गर्दै पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सलकाउने काम भएको पनि टिप्पणी गरे। 
 
प्रकाशित मिति: १६:१० बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्