Kathmandu Press

शेखर–गगन समूहको छुट्टै बैठक डाकियो 

सभापति शेरबहादुर देउवासँगको छलफलपछि शेखर–गगन समूहले भिन्नै बैठक डाकेको हो। राष्ट्रिय सभाको उम्मेदवारको विषयमा समूहको धारणा बनाउन बैठक डाकिएको बताइएको छ।
शेखर–गगन समूहको छुट्टै बैठक डाकियो 
Hardik ivf

काठमाडौं, पुस २२ : राष्ट्रिय सभाका उम्मेदवारका विषयमा छलफल गर्न कांग्रेस नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले छुट्टै समूहको बैठक डाकेको छ।

सभापति शेरबहादुर देउवासँगको छलफलपछि शेखर–गगन समूहले भिन्नै वैठक डाकेको हो। राष्ट्रिय सभाको उम्मेदवारको विषयमा समूहको धारणा बनाउन बैठक डाकिएको बताइएको छ।

राष्ट्रिय सभाको उम्मेदवार तय गर्दा पार्टीको केन्द्रीय समितिले गरेका निर्णय अनुरुप हुनुपर्ने भनाई शेखर–गगन पक्षले राख्दै आएको छ।
 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्